


राष्ट्रपतिको हातबाट पत्रकार दुलालले पाए युवा पत्रकारिता पुरस्कार

काठमाडौं – प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार जगन्नाथ दुलाललाई प्रदान गरिएको छ । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई पुरस्कार प्रदान गरेकी हुन् ।
सिन्धुपाल्चोक स्थायी ठेगाना भएका दुलाल हाल न्यूज २४ टेलिभिजनका चिफ रिपोर्टर हुन् । आफ्नै घरखेत बगाउँदा पनि मेलम्ची बाढीमा रिपोर्टिङ गरेपछि दुलाल चर्चामा आएका थिए ।
प्रेस काउन्सिलले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष सक्रिय पत्रकार र सञ्चार माध्यमलाई पुरस्कृत गर्दै आएको छ । यो वर्ष काउन्सिलले १० वटा शीर्षकमा पुरस्कारहरू वितरण गरेको हो ।

