

एएफसी महिला एसियन कप: नेपाल हङकङसँग बराबरीमा रोकियो

काठमाडौं – आगामी एएफसी महिला एसियन कप २०२२ छनोट हुने अभियानमा लागेको नेपाली महिला फुटबल टोली हङकङसँग गोलरहित बराबरीमा रोकियो ।
योसँगै नेपाली टोली एसियन कपमा छनोट हुने यात्राबाट बाहिरिएको छ । जित निकाल्नै पर्ने खेलमा नेपाली टोलीले बराबरी नतिजा बेहोर्यो ।
उज्वेकिस्तानको माजमुएसी रंगशालामा भएको खेलमा नेपालले हङकङलाई दबाबमा राखे पनि गोल भने गर्न सकेन। यसअघि पहिलो खेलमा नेपाल फिलिपिन्ससँग अग्रता लिएर पनि २-१ ले हारेको थियो ।

