साहस उर्जा कम्पनीको ७० लाख कित्ता आईपीओ खुल्यो, सर्वसाधारणलाई कति?


काठमाडौं– साहस उर्जा कम्पनीले ७० लाख कित्ता सर्वसाधारण समूहको प्राथमिक सेयर (आइपिओ)को खुल्ला गरेको छ। एक सयका दरले प्रतिकित्ता सेयर बुधबारदेखि खुला भएको हो।

७० लाख कित्ता मध्ये ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणले पाउनेछन्। बाँकी यसमध्ये ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित छ।

न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। कम्पनीको आइपिओमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ।

प्रतिक्रिया