राजनीतिक रूपमा नियुक्त सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय


काठमाडौं – सरकारले राजनीतिक रूपमा नियुक्त सबै देशका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक भागबन्डाका आधारमा नियुक्त सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारको यो निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिवसमेत रहेका लोक दर्शन रेग्मी लगायत अन्य देशहरूमा नियुक्त भएका सबै राजदूतहरु फिर्ता हुनेछन् ।

प्रतिक्रिया