यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला १० निर्णय


काठमाडौं – जेठ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १० वटा निर्णय गरेको छ ।

सोमबार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

यस्ता छन् निर्णयहरू :

१) बेल्जियमको राजधानी ब्रसेलसमा विसं २०७९ जेठ १८ र १९ आयोजना हुने ग्लोबल समिट २०२२ टर्निङ द टाइड चाइल्ड सेक्सुअल अभ्युज अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सोलनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।

२) नेपाल बैङ्क लिमिटेडको स्वामित्वको सुर्खेत जिल्लामा रहेको जग्गा नेपाल राष्ट्र बैङ्कलाई लिजमा दिन स्वीकृत दिने ।

३) गणतन्त्र दिवसको अवसरमा उपमाकान्त पराजुलीसहित १६ जनाको कैद माफी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने ।

४) नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मालगायतको भ्रमण दललाई युनिफिल्ड लेबनान र सिरिया तथा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमण जान स्वीकृत दिने ।

५) नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने ।

६) सुरक्षण मुद्रण समिति गठन तेस्रो संशोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ (क) बमोजिम सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल्प पौडेललाई पदावधी १ पटकका लागि थप गर्ने ।

७) परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा पदाधिकारी रहेका प्रमुख कन्सल्ट्यान्ट डा. जागेश्वर गौतमले दिएको राजीनामा स्वीकृत गर्ने ।

८) लोकसेवा आयोगको सिफारिस बमोजिम निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति तथा पदस्थापन गर्ने ।

९) बजेट तथा अर्थसम्बन्धी विधेयकहरू सङ्घीय संसद्मा पेस गर्ने ।

१०) मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९, अन्तःशुल्क २३ औँ संशोधन नियमावली २०७९, भन्सार १३ औँ संशोधन नियमावली २०७९ र आयकर १३ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने ।

प्रतिक्रिया