बालुवाटारभित्रै बसेको नेकपा सचिवालयमा ओली गएनन्, २० गतेलाई अर्को बैठक


काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरूले ओलीको अनुपस्थिति भएपछि २० मंसिरका लागि अर्को बैठकको मिति तय गरेका छन्।

आगामी बैठकमा प्रधानमन्त्री ओलीको सहभागीता हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रतिक्रिया