

गिनिज ‘वर्ल्ड रेकर्ड’: जापानका जुम्ल्याहा दिदीबहिनी विश्वकै वृद्ध व्यक्ति भएको दावी

काठमाडौं – जापानका दुई जुम्ल्याहा दिदीबहिनीले विश्वमा सबैभन्दा सबैभन्दा वृद्ध व्यक्ति रेकर्ड बनाएका छन् । हाल १०७ बर्ष र ३३० दिन पुगेका उनीहरुको नाम सबैभन्दा वृद्ध व्यक्तिको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा रहेको हो ।
जापानमा राष्ट्रिय अवकाशका रुपमा आयोजना गरिएको कार्यक्रममा जुम्ल्याहा दिदीबहिनीलाई सम्मान गर्दै वर्ल्ड रेकर्डमा नाम दर्ता गराइएको हो । उमेनो सुमियामा र कौमे कोडमा नामका यी जुम्ल्याहाको जन्म सन् १९१३ नोभेम्बरमा जापानको शोदोशिमामा भएको थियो ।
आफ्ना मातापिताका ११ सन्तानमध्ये यिनीहरु चौथो सन्तानको रुपमा जन्मिएका थिए । यसअघि जापानकै जुम्ल्याहा दिदीबहिनी नारिता र जिन केनीले १०७ बर्ष र १७५ दिनको रेकर्ड राखेका थिए । एजेन्सी

