निफ्राले दिने भयो लाभांश

नियामक निकायले स्वीकृति दिए लगत्तै बितरण गर्ने तयारी  


काठमाडौं — नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७÷७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुंजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

बैंकले पहिलो पटक लाभांश घोषणा गरेको हो । यसैवर्ष आईपीओ जारी गरेको निफ्रामा वैध आवेदन दिन जति सबैलाई शेयर परेको थियो । ७ सयभन्दा माथि पुगेको शेयर अहिले पछिल्लो समय ३ सय ६५ को हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया