यीनै हुन् बुटवल उपमहानगरका मेयर सुवेदीलाई मुक्का हान्ने युवा


काठमाडौं– बाढी प्रभावित क्षेत्रको निरिक्षणका लागि बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर पुगेका मेयर शिवराज सुवेदीले सोमबार एक युवाको मुक्का खानु परेको छ।

प्रभावित क्षेत्रका पीडितको आक्रोशका रुपमा अकास्मात मुक्का खाएपछि नगर प्रहरी र सुरक्षाकर्मीले उनलाई जोगाएका थिए। मेयर सुवेदीले मुक्का कुनै अर्को पार्टीको नभई उनी जिल्ला अध्यक्ष रहेको नेकपा एमालेसम्बद्ध अनेरास्ववियुका जिल्ला नेताबाट खाएको खुलेको छ।

मुक्का हान्ने युवक गणेश पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य हुन्। उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी पंगेनीले समयमा निरिक्षण र काम नगरेको भनी मुक्का प्रहार गरेका थिए।

प्रतिक्रिया