

कर्णालीका योजना आयोगका सदस्य शाहीले दिए राजीनामा

काठमाडौं – कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिएका छन् । शाहीले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाएका हुन् ।
पछिल्लो राजनीतिक अन्यौलता, उतार चढाव र आफ्नै व्यवहारिक समस्याका कारण कर्णाली प्रदेश योजना आयोगको सदस्यबाट राजीनामा दिएको उनले जानकारी दिए ।
उनले प्रदेश सरकार र योजना आयोगले आवश्यक ठानेमा आफू नीति र योजना निर्माणमा स्वयंसेवी रुपम सहयोग गर्ने बताएका छन् ।

