प्रिमियर लिगः टोटेनहमविरुद्व चेल्सीको शानदार जित


काठमाडाैं – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई ३-० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

खेलको ४९औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । साथै, खेलको ५७औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई २ गोलको अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा रुडिगरले गोल गर्दै चेल्सीलाई ३ गोलको फराकिलो जित दिलाए । यस जितसँगै चेल्सी ५ खेलमा १३ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहम ९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया