तनावपूर्ण अवस्थामा आज के होला नेकपा सचिवालय बैठक?


काठमाडौं– मंगलबार भनाभनको अवस्थामा पुगेको नेपाल कमयुनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा बुधबार पनि बस्दैछ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बुधबार बैठकमा नआउने बताएपछि अवस्था अर्को बनेको थियो। तर उनी अहिले बैठकमा सहभागी हुन सहमत छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिक रुपमा एकतामा कू गर्न लागेको आरोप ओलीले लगाएका थिए।

ओली सचिवालयमा अल्पमतमा रहेका कारण बैठकमा नजाने निर्णयमा पुगेका थिए । तर आफूनिकट स्थायी समिति सदस्यहरूसँगको बैठकपछि सहभागी हुन राजी भएका हुन्। ओलीले मंगलबार राखेको विचारको काउन्टरमा बुधबार प्रचण्डलगायतका नेताले जवाफी फायर खोल्दैछन्।

नेता माधवकुमार नेपाललगायतले ओलीका कारणले नै अहिले अवस्था नाजुक बन्दै गएको प्रतिक्रिया दिएको बीचमा बुधबारको बैठक के होला? आम चासोका साथ हेरिएको छ।

प्रतिक्रिया