आज यी चार प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाकाे सम्भावना
काठमाडौँ – मौसम पूर्वानुमान महाशाका अनुसार आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। आज (शनिबार) बिहान प्रदेश १‚ प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ।
नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाका कारण उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने छ । साथै महाशाखाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।