

अस्पतालबाटै सन्दीपले भने, फिलिङ्ग रिल्याक्स्ड !

काठमाडौं । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका नेपाली स्टार क्रिकेट खेलाडी सन्दीप लामिछानेले आफूलाई राम्रो भएको बताएका छन् ।
अस्पतालको शैय्याबाटै सन्दीपले सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्यमा सुधार भइरहेको जनाएका छन् । उनले आफू छिटै निकाे हुने आशा गर्दै शुभचिन्तकलाइ धन्यवाद दिएका छन् ।
प्रशिक्षणकै क्रममा कोरोना संक्रमणको पुष्टी भएपछि लामिछाने आईसोलेसनमा बसेका थिए ।
त्यसपछि आईसोलेसनमै बसेको अवस्थामा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
नेपाली क्रिकेट टिमका कप्तानसहित अन्य ३ खेलाडीमा पनि संक्रमण देखिएपछि आईसोलेसनमै बसिरहेका छन् ।

