केन्पो खुकुरी मार्सल आर्टस प्रतियोगिता असोज ८ बाट हुँदै


काठमाडौ — नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा प्रथम राष्ट्रिय प्रतियोगिता हुने भएको छ । आगामी असोज ८ गतेबाट सुरु हुने प्रतियोगिता काठमाडौमा हुने भएको हो ।

उक्त प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरुले सहभागिता जनाउने संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जानकारी दिए ।

प्रतियोगितामा विभिन्न ४ विधामा प्रतियोगिता हुने पनि अध्यक्ष पाण्डेले बताए । फूल केन्पो, समी केन्पो, सेल्फ डिफेन्स केन्पो र खुकुरी काताअन्तर्गत विभिन्न प्रतिस्पर्धामा खेल खेलाउने संघले जनाएको छ ।

ती सबै खेलहरु त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने बताईएको छ । दुईदिनसम्म चल्ने उक्त प्रतियोगितामा फूल र सेमी केन्पोअन्तर्गत विभिन्न तौल समूहमा खेलाईने पनि संघले बताएको छ ।

प्रतिक्रिया