प्रधानसेनापतिद्वारा कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बिहीबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच उनले कार्कीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उनलाई आजै निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया