नेप्सेमा पहिरोः झण्डै ७७ अंकले घटेकाे बजार २८ सय १२.३८ विन्दुमा, ९ अर्बको कारोबार


काठमाडौं – साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा भारी अंकको गिरावट आएको छ । आज नेप्से ७६ दशमलव ६५ अंकले घटेर २८ सय १२ दशमलव ३८ विन्दुमा थामिएको छ ।

आज बैंक, होटल, व्यापार, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनसहित सबै समूहको शेयर घटेको छ । आज दुई सय २९ वटा कम्पनीको शेयर कारोबार भएकोमा दुई सय २२ वटा कम्पनीको शेयर घटेको छ । समग्र बजार ओरालो लाग्दा पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ७३ अंकले घटेर ५२५ दशमलव ७८ विन्दुमा रोकिएको हो । नेप्सेको अनुसार आज २२९ कम्पनीको १ लाख १३ हजार ८०७ पटक कारोबार भएर रु ९ अर्ब ३३ लाख ९ हजार ६२३ रुपैयाँ बराबरको १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता शेयर किनबेच भएको हो ।

प्रतिक्रिया