एमालेकाे अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित


रुपन्देही –  विपक्षी दल एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ ।

एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रिय कमिटीले कारवाही गरेका दुई सांसदलाई सभामुख पूर्णबहादुर घर्तीले कारवाही नगर्दासम्म सदन चल्न नदिने आफूहरुको पुरानो माग यथावत रहेको जानकारी गराएकी थिइन् । एमालेले अवरोध जारी राखेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

एमालेले विमला वली र अजय बहादुर शाहीलाई कारवाही गर्न माग गर्दै आएको छ । नवौं अधिवेशन सुरु भएदेखि नै एमालेले प्रदेश सभा बैठक निरन्तर अवरुद्ध गर्दै आइरहेको छ । आज पनि सभामुख घर्तीले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेको थिए ।

प्रतिक्रिया