
गीताको त्यो फोन जसले दीर्घ सोडारीको मन्त्री पद खुस्काएको थियो (अडिओसहित)
एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लागेका उनलाई संसदीय दलको नेता बनाइएको छ
काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारमा तत्कालिन नेकपाका तर्फबाट सामाजिक विकास मन्त्री हुँदा नैतिक प्रश्न उठेपछि कारबाही गरिएका दीर्घ सोडारीको पद खुस्काउने बालुवाटार पुगेको अडिओ अनलाइनन्युजले फेला पारेको छ।
नेकपा एमाले विभाजन भएपछि एकीकृत समाजवादीमा रहेका सोडारीलाई संसदीय दलको नेता बनाइएको छ। त्यस बेलै माधवकुमार नेपाल खेमामा रहेका उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा मन्त्री पदबाट हटाइएको थियो।
बालुवाटारमा ओलीसमक्ष सोडारीको अनैतिक सम्बन्ध र सोही कारण भएको विवादको एउटा अडिओ प्रमाणका रुपमा पेश गरिएको थियो। उक्त अडिओमा एमाले सम्बद्ध महिला संघ कैलालीकी अध्यक्ष तथा दीर्घकी पत्नी गीता सोडारीले अर्की महिलामाथि अश्लील गाली गरेकी थिइन्।
दीर्घ सोडारीसँगको सन्निकटताका कारण अर्की महिलालाई गीताले खुट्टा भाँच्नेदेखि अनेक प्रकारका यातना दिनेसम्मका धम्की अडिओमा सुन्न सकिन्छ।
‘पार्टीमा नैतिकताको प्रश्न उठेपछि राजीनामा गराइएको थियो तर नेकपा विवाद उत्कर्षमा पुगेका बेला नेता नेपाललगायतले उनलाई कारबाही फुकुवा गरेको घोषणा गरेका थिए’, स्रोतले भन्यो,‘नैतिक चरित्र हरण भएका मानिसलाई त राजनीतिक नसियत दिनुपर्ने अहिले एकीकृत समाजवादीमा पुरस्कार दिइएको छ।’
गीताको धम्कीका कारण ति महिला महिनौंसम्म काठमाडौंमा बसिन् र न्यायका लागि तत्कालिन प्रधानमन्त्री तथा अध्यक्ष ओलीको शरणमा पुगेकी थिइन्। तर, उनलाई सुरक्षा तथा न्याय दिलाउने काम हुन सकेन। स्रोतले भन्यो,‘जो दोषी छ उसलेचाहिँ अवसरमाथि अवसर पाउने अनि पीडित बनाइएकीसँग माफी माग्नु पर्दैन?’



कागजपत्र |
