सचिवालय बैठक अगाडि ‘पछिल्लो पुस्ताका नेता’ पौडेललाई केक !


काठमाडौं – धुम्बाराहीमा हुने भनि निर्णय गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अन्ततः बालुवाटारमा नै बसिरहेको छ ।

उक्त सारिएको बैठक शुरु हुनु अघि बैठकस्थलमा केक काटिएको छ । नेकपाका महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बैठकस्थलमै नेता पौडेललाई केक खुवाएका हुन् ।

Image

प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेताहरूले केक खुवाएर महासचिव पौडेललाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।

पौडेललाई केक खुवाएर शुभकामना दिएका तस्विरहरु प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

Image
Image

प्रतिक्रिया