सन् २०२३ का लागि डिभी खुल्दै, २०२२ का विजेतालाई अक्टोबरमा भिसा


काठमाडाैं – अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले अक्टोबर महिनाको भिसा बुलेटिन जारी गरेको छ । अक्टोबर महिनादेखि आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउन सुरु गर्नेछन्, जस अनुसार ९ सय सम्म केस नम्बर हुने नेपालीहरुले भिसा प्राप्त गर्न सक्ने छन् । एसियाको लागि १४ सय सम्मको केस नम्बरमा सिमाबन्दी गरिएपनि एसियाभित्रका देशमा भने इरान र नेपालमाथिमात्र सिमाबन्दी गरिएको हो ।

इरानले ८ सय केस नम्बरसम्म सिमाबन्दी गरिएको छ भने नेपाललाई त्यो भन्दा १ सय बढी ९ सयसम्म केस नम्बरमा सिमाबन्दी गरिएको छ । नोभेम्बरमा एसियाका लागि २७ सयसम्म केस नम्बरको सिमाबन्दी तोकिएको छ । जसमा नेपालका लागि १७ सयसम्म केस नम्बर हुनेहरुले भिसा प्राप्त गर्न सक्ने गरी सिमाबन्दी तोकिएको छ । आर्थिक बर्ष २०२० र २०२१ का डिभी विजेताहरुले उल्लेख्य रुपमा भिसा पाउन नसकेपनि २०२२ का डिभी विजेताहरुले भने भिसा पाउने अपेक्षा गरिएको छ ।

अक्टोबरदेखि सुरु हुने आर्थिक बर्ष २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । गत मे ८ मा सन् २०२२ को डिभी लोटरीको नतिजा सार्वजनिक भएको थियो । सन् २०२२ का लागि डिभी लोटरी पारेका नेपालीहरुको संख्या एसियामा नै दोश्रो हो । एसियामा सबैभन्दा धेरै इरानका ५७३९ जनाले डिभी पारेका छन् ।

आर्थिक बर्ष २०२२ का लागि डिभी पारेकाहरुले सन् २०२२ को सेप्टेम्बर ३० सम्म भिसा पाइसक्नुपर्ने प्रा’वधान रहेको छ । बढीमा ५५ हजार डिभी विजेताहरुले भिसा पाउनसक्ने भएतापनि १ लाख १९ हजार २१ जनाले सन् २०२२ को डिभी पारेका छन् ।उनीहरुमध्ये कैयन अयोग्य हुनसक्ने भएकाले अमेरिकाले भिसा दिने नम्बरभन्दा धेरैलाई डिभी पार्दै आएको छ ।

सन् २०२२ का लागि कुल ७३ लाख ३६ हजार ३ सय २ जनाले डिभी भरेका थिए । आफन्तहरुसहित सन् २०२२ को डिभीमा सहभागी हुनेहरु विश्वभरबाट कुल १ करोड ३१ लख ९१ हजार २ सय ९६ जना रहेका थिए । आर्थिक बर्ष २०२३ का लागि डिभी भर्ने मिति अमेरिकी सरकारको विदेश मन्त्रालयले आगामी केही सातामा नै घोषणा गर्ने अपेक्षा गरिएको छ। आर्थिक बर्ष २०२३ का लागि अक्टोबरको पहिलो वा दोश्रो साता डिभी खुल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया