

जिल्ला प्रशासनद्वारा सभा, जुलस र प्रदर्शनमा रोक (विज्ञप्तिसहित)

काठमाडौं – कोरोना भाइरसको महामारी कायम रहेकोले काठमाडौं जिल्ला प्रशासन कार्यालयले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ।
‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्न÷नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ प्रशासनले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
यदि प्रशासनको सूचनालाई बेवास्ता गरेमा कारबाही गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

