प्रचण्ड मनोदशाः माओसँग तुलना कि एक्लिने भय?


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै एउटा कार्यक्रममा भनेका थिए,‘माओलाई पनि उनका सहकर्मीले राजनीतिको उत्तरार्धमा छाडेका थिए। एक्लिनुभएको थियो। मलाई कता–कता प्रचण्ड पनि त्यस्तै हुने हो कि भन्ने लाग्न थालेको छ।’

उक्त भनाईले प्रचण्डमा दुई वटा मनोदशाले सताइरहेको संकेत गर्दछ। पहिलो त उनको भावभङ्गीले भन्छ– माओवादी केन्द्रका नेताहरूले छाड्ने त्रास। अर्कोचाहिँ, माओवादी युद्धदेखि शान्ति प्रक्रिया हुँदै अहिलेको राजनीतिक अवस्थामा आउँदा माओत्सेतुङ भन्दा कम नरहेको अभिमान।

तर प्रचण्डको पछिल्लो अभिव्यक्तिले पार्टीका अन्य नेताहरूले छाड्न सक्ने संकेत दिएको अनुमान स्वभाविक हुने कतिपय कम्युनिस्ट नेताहरू बताउँछन्। माओवादी जस्तो विशाल पार्टीका नेताहरूले छाडेर विभिन्न टुक्रामा छन्। नेकपा बनेपछि पनि रामबहादुर थापा बादललगायतका कतिपय नेताले छाडेपछि प्रचण्डमा राजनीतिक ताकत अब सेलाउँदै गएको भन्ने महशुस हुन थालेको छ।

नेकपा रहँदा केपी शर्मा ओलीसँगको शक्ति संघर्षमा प्रचण्ड पहिलो पटक कमजोर भएको महशुस गरिरहेका थिए। तैपनि उनले ओलीलाई सत्ताच्युत गर्ने गठबन्धनलगायतका अन्य शक्ति परिचालनमा क्षणिक सफलता पाए पनि नेकपा विभाजन भएपछि उनको ठूलो सपनामा धक्का लागेको थियो

प्रचण्डको उक्त अभिव्यक्तिबारे विश्लेषक मुमाराम खनालले सामाजिक सञ्जालमा सटिक टिप्पणी गरेका छन्। उनी लेख्छन्,‘एक्लिनु प्रचण्डको आफ्नै कारण होला। तर ३३ बर्षसम्म पार्टीको नेतृत्व नछाड्नेलाई अझै पनि नछोड्ने परजीवीहरू माओवादीमा कम हुँदै गएछन्। तर मलाई विझेको कुरा, प्रचण्डले माओसँग आफ्नो तुलना गर्नु भनेको नेपालीमा शव्द आएन, अंग्रेजीमा ‘मेगालोमेनियाँ’ भन्छन्।’

नेकपा रहँदा केपी शर्मा ओलीसँगको शक्ति संघर्षमा प्रचण्ड पहिलो पटक कमजोर भएको महशुस गरिरहेका थिए। तैपनि उनले ओलीलाई सत्ताच्युत गर्ने गठबन्धनलगायतका अन्य शक्ति परिचालनमा क्षणिक सफलता पाए पनि नेकपा विभाजन भएपछि उनको ठूलो सपनामा धक्का लागेको थियो।

‘माओवादी केन्द्र अझै पनि विघटन गर्ने कुरा गर्नु भनेको प्रचण्ड शक्तिहिन हुन थालें भन्ने मनोविज्ञानको प्रभाव पनि हो। नेकपा जस्तो ठूलो पार्टीबाट ओलीलाई मात्र हटाएर कब्जा गर्ने रणनीति असफल भएपछि यस्ता अभिव्यक्ति आउनु स्वभाविक हुन्छन्’, कम्युनिस्ट नेताहरू भन्छन्,‘कुनै बेला सीपी मैनालीहरूको ताकतका विषयमा अनुमान मात्र गर्दा पनि प्रभावबारे आँकलन गर्न सकिन्छ।’

अहिले सरकार विस्तारमा मन्त्रिपरिषदमा जान चाहने सांसदका कारण पनि प्रचण्डको मनोदशा फरक देखिन थालेको छ। खुमलटारमा मन्त्री पद माग्नेको मात्र होइन, नदिए पार्टी छाड्नेदेखि फुटाउन सक्नेसम्मका धम्की दिन थालिएको छ। उनले यहि सन्दर्भमा पनि एक पटक भनेका थिए,‘४९ जना सांसदलाई नै मन्त्री चाहिएको छ।’

प्रतिक्रिया