

सहमति गरेर एमसीसी सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छः बाबुराम भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन चाँडो गर्नुपर्ने बताएका छन्।
देशभर एमसीसीको विरोध भइरहँदा सोमबार गृहजिल्ला गोरखामा पत्रकारसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले एमसीसी देशको हितमा रहेको राष्ट्रिय सहमति गरेर छिटो अनुमोदन गर्नुपर्ने बताए।
उनले भने, ‘राजनीतिक दलहरुले छिटो भन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ। जसपाले एक्लै निर्णय गर्न ससक्दैन यसमा सबैको साथ चाहिन्छ। त्यसैले राष्ट्रिय सहमतिबाटै टुंगो लाग्न जरुरी छ।’
अहिले एमसीसीको विषय जनस्तर बाँडिएको र चाँडै एमसीसीको टुंगो लगाउनुपर्ने बताएका छन्। ‘राष्ट्रिय सहमतिबाटै टुंगो लागोस् र यो सम्झौता राष्ट्रिय हितमा हुने गरी अगाडि बढाउनु नै उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने।

