

धुम्बाराहीमा ‘सुरक्षा थ्रेट’, सचिवालय बैठक बालुवाटारमै बस्दै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धुम्बाराहीमा बस्ने भनिएको सचिवालय बैठक अन्ततः प्रधानमन्त्री कार्यालय बालुवाटारमा नै बस्ने भएको छ ।
शनिबार बसेको सचिवालय बैठकले धुम्बाराहीमा गर्ने गरी आजका लागि सचिवालय बैठक बोलाइएको थियो । अहिले दिउँसो १ बजेका लागि बोलाइएको उक्त बैठक धुम्बाराहीमा सुरक्षा थ्रेट हुने भन्दै बालुवाटारमै बोलाइएको जनाइएको छ ।
यसपछि नेकपाको सचिवालय प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने भएको छ । उक्त बैठकले नेकपाका दुवै अध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनका बारेमा छलफल हुने आंकलन गरिएको छ ।

