खेलाडीको घरबाटै ओलम्पिक पदक चाेरी
काठमाडाैं – रुसी टेनिस खेलाडी एलेना भेसनिनाकाे दुई पदक उनकै घरबाट चोरी भएको छ । उनले टोक्योमा भएको ओलम्पिकमा रजत र ब्राजिलमा स्वर्ण पदक जितेकी थिइन् । उनले सञ्चारमाध्यम तासमार्फत घटनाको जानकारी गराएकी हुन् ।
उनको भनाई उदृत गर्दै तासले लेखेको छ,‘म र मेरो श्रीमान डिनरका लागि बाहिर गएका थियौँ । घर फर्केपछि मेरो दुई पदक थिएन् । दुवै पदक कसैले चोरी गरेको छ । पदकका साथ मेरो केही गहना चोरी भएको साथै मेरो सेफ पनि फुटालेका छन् ।’
चोरी भएको सामानको मुल्यको तथ्यांक अझै प्रष्ट नभएको जनाइएको छ । चोरी भएपछि उनले प्रहरीमा खबर गरेकी थिइन् । प्रहरीको भनाईलाई उदृत गर्दै तासले लेखेको छ,‘हाम्रो खोजी र तलासी जारी छ ।’ एजेन्सी