विमलेन्द्र निधिले नचाहेका दुई पात्रलाई महाधिवेशनमा देउवाले रोक्न नसक्दा


काठमाडौं– महाधिवेशनतिर लम्किएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि चुनौति नभए पनि कठिनपूर्ण संघर्ष हुने स्पष्ट देखिएको छ।

देउवा फेरि सभापतिका उम्मेदवार हुन् र उनलाई गृह जिल्लादेखि नै चुनौति दिन विमलेन्द्र निधि खेमा सक्रिय रहेको पाइएको छ। डडेल्धुरामा भएको वडाअधिवेशनको किचलो देउवाका लागि निधिको चुनौतिपूर्ण अभ्यासका रुपमा देखा परेको छ। जिल्ला सभापति कर्णबहादुर मल्लले नै क्रियाशीलता विवाद रहेका कारण पेल्ने कोशिश भएको बताएका छन्।

मल्ल केही दिनअघि मात्र निधितिर खुलेका थिए। मल्ल सभापति तथा प्रधानमन्त्री देउवाका फुपूका छोरा पनि हुन्। मल्लकी आमाकै क्रियाशील सदस्यता देउवाले काटिदिएको चर्चा छ।

देउवाले नै उपसभापतिमा नियुक्त गरेका विमलेन्द्र निधि मैदानमा उत्रिनुको अर्को पनि कारण छ। देउवालाई सभापतिमा दोहोरिन मन भए युवा पुस्ताका नेता गगन थापा र विश्वप्रकाश शर्मालाई रोक्नका लागि प्रस्ताव गरेका थिए।

निधिले महाधिवेशनमा भाइटल रोलमा नचाहेका दुवैलाई देउवाले रोक्न सकेका छैनन्। थापाले निर्वाचन क्षेत्रको कार्यक्रम र शर्माले वीपी जयन्तीको अवसर पारेर महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उच्च स्रोतका अनुसार ति दुई पात्रलाई रोकेको खण्डमा निधिले देउवालाई एक कार्यकाल सघाउने र अर्को कार्यकाल सभापति बन्ने प्रस्ताव भएको थियो।

‘देउवा खेमामा लामो समय साथ दिए पनि अहिले उनीविरुद्ध नै सभापतिमा विमलेन्द्र निधिको अभ्यास थापा र शर्मालाई रोक्न नसक्नु पनि हो’, स्रोतले भन्यो,‘यसले देउवालाई केही हदसम्म धक्का दिनेछ।’

१४ औं महाधिवेशनको मैदानमा देउवाले त प्रवक्ता शर्मालाई आफ्नै प्यानलको महामन्त्री बनाउने तयारी गरेका छन्। यद्यपि यस विषयमा शर्माले खुलेर केही पनि बताएका छैनन्। तर, संस्थापन पक्षकै महामन्त्रीमा उभिने उनले संकेत दिएका छन्।

उता थापा भने कोइराला खेमाबाट महामन्त्रीमा लड्दैछन्। यद्यपि कुनै पनि प्यानलमा नराखे पनि महामन्त्रीमा आफू जसरी पनि मैदानमा उत्रिने थापाले बताइसकेका थिए।

यता देउवा कांग्रेसमा आफ्नो उत्तराधिकारीका रुपमा पत्नी समेत रहेकी आरजु राणालाई बढाउने अभ्यासमा लागेका छन्। उनले राणालाई उपसभापतिमा उठाउने तयारी गरेको पनि चर्चा छ।

प्रतिक्रिया