अमेरिकी सहयोग एमसीसीलाई पास गर्नुपर्छ: उदयशमशेर जबरा


काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले अमेरिकी सहायता परियोजना मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई पास गर्नुपर्ने बताएका छन्।

उनले एमसीसी पारित गराउन संसदभित्र र संसद् बाहिर रहेका सबै दलबीच सहमति गराउनुपर्ने पनि बताए।

आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले एमसीसी सहयोग अनुदान भएकोले यसले देशलाई फाइदा नै हुने पनि विश्वास दिलाए।

एमसीसी सहयोग लगभग ५० वटा देशले लिएको भन्दै तीमध्ये हाम्रो देशकोजस्तै भूगोल भएको मंगोलियाले दुई पटक सहयोग लिएको उनले बताए।

सन् २०१७ देखि आजसम्म एमसीसीको बारेमा विभिन्न भ्रम रहेको भन्दै यसबारेमा आफूहरुले अहिलेसम्म स्पष्ट पार्न नसक्नु कमजोरी भएको पनि जबराले बताए।

त्यस्तै नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीले एमसीसीबारे अहिले कुनै पोजिसन नबनाएको स्पष्ट पारे।

सत्तासीन दलहरुले धारणा बनाएपछि आफ्नो पार्टीले धारणा बनाउने उनको भनाइ छ। एमसीसी पारित गराउनको सरकारलाई आफूहरुको आवश्यकत्ता नै नपरेको पनि उनले बताए।

प्रतिक्रिया