सभामुखकै कारण संसद् अवरुद्ध : सुवास नेम्वाङ


काठमाडौं – एमाले संसदीय दलका उपनेता एवम् पूर्वसभामुखसमेत रहेका सुवास नेम्वाङले सभामुख अग्नि सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद् अवरुद्ध पार्नुपरेको बताएका छन् ।

आइतबार संसद् भवन परिसरमा उनले संसद् अवरुद्ध भइरहने स्थितिको अन्त्य कहिले गर्नुहुन्छ भनेर सरकारलाई प्रश्न गरिदिन पनि संञ्चारकर्मीलाई आग्रह गरे । उनले भने, ‘संसद् बैठक अवरुद्ध हुने यो स्थितिलाई कहिलेसम्म कायम राख्नुहुन्छ ? कहिलेसम्म प्रतिपक्षलाई भेदभाव भइरहन्छ रु त्यो भेदभावको स्थिति कहिले अन्त्य हुन्छ भनेर प्रतिपक्षले महसुस गर्ने कहिलेसम्म हो ? यस्तो भइरहँदा पनि सत्तापक्ष र सभामुखले अहिलेसम्म अलिकति पनि कुरा नगरीकन, छलफल नगरीकन बसी राख्न सक्नुहुन्छ ?

नेम्वाङले माधवकुमार नेपालसहितका आफ्ना पार्टीले निष्काशन गरेका १४ सांसदहरूको सूचना संसद् सचिवालयमा टाँस नगरुन्जेल अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन नसक्ने बताए ।

प्रतिक्रिया