

प्रधानमन्त्रीज्यू, संसद् यसरी नै कहिलेसम्म चल्छ ?, देउवाले भने- ओलीलाई सोध्नु

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अवरोध हटाउने जिम्मा प्रमुख विपक्षी दल नेकपा एमालेको भएको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले– ‘प्रधानमन्त्रीज्यू, संसद् यसरी नै कहिलेसम्म चल्छ ?’ भनि सोधेको प्रश्नमा देउवाले -‘ओलीजीलाई सोध्नुहोला’भन्दै संक्षिप्त जवाफ दिएका हुन् ।
आइतबार पनि सभामुख अग्नीप्रासद सापकोटाले प्रतिनिधिसभाको बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरु नाराबाजी गर्दै वेल घेर्न पुगेका थिए । आफूले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएपछि एमालेले लगातार संसद बैठक अवरोध गर्दै आएको छ । तर संसद अवरोध अन्त्य गर्ने विषयमा सभामुख सापकोटाले आइतबार छलफल गरेका छन् ।
त्यस्तै प्रतिनिधिसभाको आगामी बैठक भदौ २९ गते मंगलबार एक बजेसम्मका लागि स्थगित गरिएको छ ।

