

७१ अंकले बढ्याे नेप्से, झण्डै साँढे ९ अर्बको कारोबार

काठमाडौं – साताको कारोबारको पहिलो दिन आज नेप्से उच्च अंकले बढेको छ । नेप्से परिसुचक आज ७१ दशमलव ४३ अंकले बढेर २९ सय ४७ दशमलव ४२ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव ३ अंकले बढेर ५४८ दशमलव २९ विन्दुमा रोकिएको हो ।
आज नेप्सेको अनुसार २३१ कम्पनीको अनुसार ९६ हजार ५ सय ९१ पटक कारोबार भएर ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ रुपैयाँ बराबरको १ करोड ७१ लाख ३ सय ३३ कित्ता शेयर खरिद बिक्रि भएको हो ।
बैंकिङ समूहको शेयर २४ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर दुई सय ७३ अङ्कले, व्यापारको ४२, जलविद्युतको दुई सय १३, फाइनान्सको एक सय १४ र माइक्रोफाइनान्स समूहको शेयर एक सय १३ अङ्कले बढेको छ ।
यस्तै जीवन बीमा समूहको शेयर दुई सय ९७ अङ्कले, निर्जीवन बीमा समूहको चार सय २४ अङ्कले, उत्पादनको दुई सय ९९ र अन्य समूहको शेयर १८ अङ्कले बढेको छ ।
आज १० कम्पनीको शेयर आज १० प्रतिशतले बढेको छ । आज दुई सय ३१ कम्पनीका एक करोड १७ लाख कित्ता शेयर नौ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ७२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

