

एमाले सांसदलाई सभामुखले भने- ‘आफ्नो अधिकारको कुरा गर्दा अरुको अधिकार ख्याल गर्नुहोस्’

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा अवरोध गरिरहेका एमाले सांसदहरूलाई सभामुख सापकोटाले अधिकारको कुरा सम्झाएका छन् ।
सभामुख सापकोटाले संसदभित्र आफ्नो अधिकारको कुरा गर्दा अरु सांसदहरूको अधिकार पनि ख्याल गर्न प्रतिनिधिसभा बैठक गरिरहेका एमाले सांसदहरूलाई ध्यानाकर्षण गराएका हुन् ।
‘विश्वव्यापी मान्यता छ, आफ्नो अधिकारको कुरा गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्छ अरु सांसदहरूले पनि बोल्ने अधिकारका लागि वातावरण बनाइदिनुहोस्,’ सभामुख सापकोटाले भने, ‘आफनो अधिकारको कुरा गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुहोस् ।’ उनले बैठक सञ्चालन गर्नका लागि सबै दलका नेता र सांसदहरूलाई वातावरण बनाउन आग्रह गरे ।
आईतबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध जारी राखेका छन् ।

