एमालेको विधान महाधिवेशन मध्ये असोजमा हुने


काठमाडौं – नेकपा एमालेको विधान महाधिवेशन मध्ये असोजमा हुने भएको छ ।

असोज ४ देखि ६ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशन शनिबार बसेको स्थायी कमिटी बैठकले असोज १५ देखि १७ गतेका लागि सार्ने निर्णय गरेको हो ।

दस्तावेज तयारी लगायत काम नसकिएकोले महाधिवेशन सारिएको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया