गुजरातका मुख्यमन्त्री विजय रूपाणीले दिए राजीनामा


गुजरात – भारतको गुजरातका मुख्यमन्त्री विजय रूपाणीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामाको कारण खुलेको छैन ।

शनिबार दिउँसो उनले अचानक राजीनामा दिएका हुन् । उनले सन् २०१६ अगस्ट ७ मा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय जनता पार्टी ९भाजपा०का नेता हुन् ।

यद्यपि, उनले सबै नेता–कार्यकर्तालाई समान अवसर दिने भाजपाको नीतिअनुसार आफूले राजीनामा दिएको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

प्रतिक्रिया