एमाले स्थायी कमिटी बैठक बस्दै, के-के छन् एजेण्डा ?


काठमाडौं – नेकपा एमाले स्थायी कमिटीको बैठक आज (शनिबार) बिहान बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङका अनुसार बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा अहिले बिहान ९ जब बस्ने भएको हो ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने उनले जानकारी दिए । एमाले स्थायी कमिटी बैठक हिजै (शुक्रबार) अपरान्ह ४ बजे बस्ने भनिए पनि अन्तिम समयमा स्थगन गरिएको हो ।

प्रतिक्रिया