

करेन्ट लागेर २, चट्याङ लागेर १ जनाको मृत्यु

काठमाडौं – सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-३ सखरपुरा बस्ने बिनोद ठाकुरको छोरा ११ वर्षीय चन्दन ठाकुरको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा डिस होमको रिसिभरलाई सफा गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-६ बस्ने २१ वर्षीय पुष्प परियारको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका-७ स्थित सुख्खा (खानेपानी) परियोजनाको ना.६ त ७०७८ नम्बरको ट्याक्टरमा पानी ल्याई विद्युतिय मोटर प्रयोग गरी पानी अनलोड गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सोही नगरपालिका-५ स्थित स्वास्थ चौकी दुर्छिमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चट्याङ लागेर १ जनाको मृत्यु
रुपन्देही – मर्चवारी गाउँपालिका-३ कमरहवास्थित खेतमा घाँस काट्न गएको अवस्थामा चट्याङ लागेर सोही ठाउँ बस्ने १५ वर्षीय श्याम सुन्दर यादवको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने १२ वर्षीय संतोष यादवलाई उपचारको लागि भैरहवातर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

