एमसीसी प्रतिनिधिमण्डलसँग भेट्दै प्रचण्डले भने, ‘सबै राजनीतिक दलबीच सहमति बनाएर अघि बढिन्छ’


ललितपुर – पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले भेट गरेको छ ।

भेटमा अध्यक्षले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताए । उनले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताए ।

भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताइन। यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउँदै सकारात्मक निर्णय हुनेमा आफु आशावादी रहेको उनको धारणा थियो ।

 

प्रतिक्रिया