कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक पदबाट यादवद्वारा राजीनामा


काठमाडौं– महाधिवेशनको प्रक्रियामा रहेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक पदबाट महादेवप्रसाद यादवले राजीनामा दिएका छन्।

उनले पार्टी केन्द्रीय कार्यालयमा राजीनामा दिएका हुन्। क्रियाशील सदस्यता विवाद कतिपय ठाउँमा निरुपण नभएको र निर्वाचन समितिले दिएको सुझावअनुसार काम नभएपछि यादवले राजीनामा दिएका हुन्।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नै क्रियाशील सदस्यबारे विवाद कायम रहेको छ।

प्रतिक्रिया