कांग्रेस महाधिवेशन रोक्न माग गरिएको मुद्दा न्यायाधीश सिन्हाको एकल इजलासमा


काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशन रोक्न माग गरिएको मुद्दाको पेशी न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा तोकिएको छ।

बागमती प्रदेशको प्रदेशसभा सदस्य नेपाली कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै भदौ १८ मा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

रिटमा महामारीका समयमा महाधिवेशन गर्दा कोरोना फैलने भएकाले कोरोना नियन्त्रण भएपछि मात्र महाधिवेशन गर्ने गरी आदेश माग गरिएको छ। कांग्रेस महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ बाट वडा तहको अधिवेशन सुरु भइसकेको छ।

मुद्दामाथि यसअघि तीन पटकसम्म पेशी तोकिएको थियो। तर, सुनुवाइ भने हुन सकेको छैन।

 

प्रतिक्रिया