देउवाको गृहजिल्लाको क्रियाशील सदस्यता विवादबारे विमलेन्द्र निधिको पत्र


काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यतामा देखिएको विवादप्रति उपसभापति विमलेन्द्र निधिले पार्टीको ध्यानाकर्षण गराएका छन् ।

बुधबार सभापति देउवालाई पत्र लेख्दै उपसभापति निधिले पार्टी जिल्ला कार्यसमितिसँगको समन्वय र सहयोग बिना एकपक्षीय रुपमा अधिवेशनको मिति तोकिंनु अनुचित भएको पत्रमा उल्लेख गरेको छ ।

‘यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गरेर मात्र अधिवेशन प्रक्रिया अगाडि बढाउन सम्बन्धित सरोकारवालालाई निर्देशन वा मार्गदर्शनका लागि विनम्र अनुरोध गर्दछु,’ निधिले पत्रमा लेखेका छन् ।

उनले डडेल्धुरा क्रियाशील सदस्यता विवाद समाधानपछि मात्रै अधिवेशन प्रक्रिया अगाडि बढाउन सभापति देउवाको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया