

सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा सुरु

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरु सहभागि भएका छन् ।
बैठकमा सत्तारुढ दलको तर्फबाट संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे साझा रणनीति बनाइने बताइएको छ । आज राष्ट्रपतिको आह्वानमा अपराह्न ४ बजे संसद बैठक बस्दैछ भने एमालेले सभामुख अग्नी प्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद अवरुद्ध पार्ने चेतावनी दिइसकेको छ ।
यस्तै गठबन्धन दलको संसदीय फाँटको जिम्मेवारीमा रहेका अधिकारीका साथै मन्त्रीहरु पनि बैठकमा सहभागिता भएका छन् । यस्तै मुख्यसचिव शंकरदास बैरागी पनि बैठकमा उपस्थित भएका छन् ।

