रंगकर्मी दाहाल चार दिनदेखि बेपत्ता, खोजी कार्य जारी


काठमाडौं – २७ वर्षीय रंगकर्मी प्रकाश दाहाल चार दिनदेखि बेपत्ता भएका छन्। झापाको हाल्दिबारी १ गोल्धापमा घर भएका दाहाल दमकबाट बेपत्ता भएका हुन्। थ्रेटरमा काम गर्दै आएका दाहाललाई नदेखेपछि परिवारलाई सम्पर्क गरेका थिए।

परिवारले पनि आफन्त तथा साथीभाइसँग बुझ्दा नभेटिएपछि प्रहरीमा उजुरी दिएका थिए। इलाका प्रहरी कार्यालय दमले रंगकर्मी दाहालको खोजी गरिरहेको प्रहरी जनाएकाे छ। दाहालले बोक्दै आएको मोबाइल भने छोडेर गएका छन्।

मोबाइल बोकेको नहुँदा मोबाइलबाट ट्रायक गरेर खोजी गर्ने प्रहरीको बाटो बन्द भएको छ। त्यस्तै मङ्गलवार इनरुवातिर खालि खुट्टा हिँड्दै गरेको भन्ने सूचना आएकाले प्रहरीले इनरुवा क्षेत्रमा पनि प्रहरीलाई एक्टिभ गराएको थियो।

उनले नेपाली चलचित्र पशुपतिप्रसादमा समेत काम गरिसकेका छन्। उनी दमकमा बस्दै आएका थिए।

प्रतिक्रिया