प्रतितोला ७ सयले घट्यो सुनको मूल्य


काठमाडौं – नेपालको स्थानीय बजारमा आज सुन चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँको गिरावट आएको छ ।

ताेलामा ७०० सय रूपैयाले घटेसंगै आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ थियो ।

यसका साथै, आज चाँदीको प्रतितोला मूल्य एक हजार २२० रुपैयाँ कायम भएको छ । हिजो तोलामा एक हजार २३० रुपैयाँ कायम भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेको हो ।

प्रतिक्रिया