प्रधानमन्त्री ओली अब टिकटकमा पनि


काठमाडौं – सामाजिक सञ्जालमा अभ्यस्त रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमा पनि उपस्थिति जनाएका छन् । आइतबार बनेको उनको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ।

ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकान्ट बनाउनेबारे छलफल भएको जानकारी दिए। ‘अब यसमा पनि जाने भन्ने कुरा भएको थियो। आइटी विज्ञसँग कुराकानी भएको थियो,’ उनले भने।

प्रधानमन्त्री ओलीको पहिलो टिकटकमा सरकारको काम बारे जानकारी दिइएको छ । प्रधानमन्त्रीको टिकटकमा भनिएको छ, ‘मालपोत, विद्युत् महसुल, आन्तरिक राजस्व, भन्सार महसुल, सवारी चालक अनुमतिपत्र र नविकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सूचना प्रणालीमा आबद्ध गराउने प्रक्रिया सुरु भइसकेको छ । सरकारले राष्ट्रिय परिचय पत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाउने गरी काम समेत अगाडि बढाएको छ ।’

हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ भने भिडियोको भ्युज १ लाख बढी पुगिसकेको छ।

प्रतिक्रिया