अमेरिकाको जवाफपछि एमसीसी पास हुन्छः प्रचण्ड


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलिनियम च्यालेन्ज कर्पोरेशक (एमसीसी) पास हुने संकेत गरेका छन्। मंगलबार योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

तर एमसीसी पास गराउनका लागि हालै सरकारले अमेरिकालाई सोधेका ११ प्रश्नको जवाफ अनिवार्य आउनुपर्ने सर्त रहेको प्रचण्डको भनाई थियो। एमसीसीका उच्च अधिकारी नेपाल आउँदा सरकारले सोधेका प्रश्नको समेत उत्तर आउने संकेत मिलेको छ।

नेपालका लागि अमेरिकी दूतवासले उक्त प्रश्नका उत्तर दिँदै सहमति गर्न सक्ने संकेत देखाएको थियो। सरकारले एमसीसी जसरी पनि पास गराउनका लागि सत्ता गठबन्धनका सर्तअनुसार प्रश्न पठाएको थियो। एमसीसीविरुद्ध प्रमुख प्रतिपक्षी दल उभिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्षलाई फकाउन विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई यसै साता बालकोट पठाएका थिए।

प्रचण्डले पनि केही संशोधनसहित एमसीसी पास हुने बताएका थिए। तर, कुन–कुन बुँदामा संशोधन भन्नेचाहिँ खुलाएका छैनन्। यस्ता प्रकारका गम्भिर सम्झौता संशोधन भएको भन्ने हल्ला फिँजाए पनि जस्ताको तस्तै पास गर्ने राजनीतिक दलको प्रचलन भएका कारण एमसीसी कुनै पनि हालतमा पास हुन नहुने भन्दै सर्वसाधारण सडकमा उत्रिएका छन्।

एमसीसीविरुद्ध नाराजुलुस गर्नेमाथि प्रहरी धरपकड तथा गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिका कारण आम साधारण संशयमा छन्।

प्रतिक्रिया