पछिल्लो २४ घण्टामा १८९७ जनामा संक्रमण पुष्टी, २० को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १८९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा१५ हजार ९ सय ७९ जना को परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा१७४३ जना कोरोनामुक्त भएको नेपालमा हालसम्म कोरोनाविरुद्ध ७ लाख २८ हजार ९ सय २८ जनाले जित हात पारेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ८५८ पुगेको छ ।

नेपालमा पछिल्लो अवस्थामा ३० हजार ९ सय ७३ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया