अविरल वर्षाका कारण आएको बाढीले बनेपा बजार डुबानमा
काभ्रेपलान्चोक – आइतबार रातिदेखिको अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको छ ।
डुबानका कारण अरनिको राजमार्गमा यातायात सञ्चालन समेत अवरुद्ध भएको छ ।
पुल बजारका केही घरका पहिलो तल्ला डुबेका छन् । केही साना सवारीसाधन समेत डुबेको प्रहरीले जनाएको छ । वर्षाका कारण जिल्लाका अन्य खोलामा पनि पानीको सतह बढेको छ ।
हालसम्म मानवीय क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।