स्टार क्रिकेटर लामिछाने अस्पताल भर्ना, स्वास्थ्यस्थिति सामान्य


काठमाडौं । कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना भएका छन् ।

होम आइसोलेसनमा रहेका लामिछानेलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

उनमा गत शुक्रबार कोरोना संक्रमण पुष्टी भएको थियो ।

नेपाली राष्ट्रिय टिमका कप्तान र उपकप्तानसहित अन्य एक खेलाडीमा पनि कोरोना संक्रमण देखिएको छ । ती सबैजना अहिलेसम्म होम आईसोलेसनमा नै बसिरहेको जनाइएको छ ।

प्रतिक्रिया