सवारी दुर्घटनामा २ जनाको मृत्यु


काठमाडौं – संखुवासभा, चिचिला गाउँपालिका-१ पात्लेस्थित सडकमा प्र.०१-०२-००१ ख ८०८३ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्रक चालक धनकुटा लेगुवा बस्ने २८ वर्षीय जनक पाण्डेको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्रकमा सवार अरुण तेस्रो जलविद्युत आयोजना अन्तर्गत एसएसएनआर कम्पनीमा काम गर्ने ११ जनामध्ये ७ जनालाई जिल्ला अस्पताल खादबारी पठाएकोमा ४ जना सामान्य उपचार पश्‍चात डिश्चार्ज भएका छन् भने ३ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरान घोपा सुनसरी पठाइएको छ ।

तनहुँ, बन्दिपुर गाउँपालिका-१ स्याउली चिसापानीस्थित सडकमा ग.१ त ३११६ नम्बरको ट्याक्टर अनियन्त्रत भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २३ वर्षीय सुदिप कपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको  लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया