विश्वकप छनोटः बराबरीमा रोकियो फ्रान्स


काठमाडौं – विश्वकपको युरोपेली छनोटमा फ्रान्सले फेरि बराबरी खेलेको छ । शनिबार राति फ्रान्सले युक्रेनसंग पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । सबै प्रतियोगितामा फ्रान्सको यो लगातार पाँचौ बराबरी हो ।

मायकोला शापरेन्कोले ४४औँ मिनेटमा गोल गर्दै घरेलु टोली युक्रेनलाई शानदार सुरुवात दिलाए । एन्थनी मार्टियलले आफ्नो दोस्रो अन्तराष्ट्रिय गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याएका थिए ।

समूह डीमा फ्रान्स ५ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको फिनल्याण्डले मात्र ३ खेलबाट ५ अंक जोडेको छ ।

प्रतिक्रिया